Logo

एकोहोरो टिभी हेर्नाले हुन्छ हृदय रोगको सम्भावना



Spread the love

धेरै जसोको बानी नै हुन्छ मस्तले सोफा वा ओछ्यानमा बसेर टिभी हेर्ने । आफ्नो परिवारसँग बसेर टिभी हेर्नुको मज्जा नै बेग्लै हुन्छ । तर यसरी लगातार एकोहोरो टिभी हेर्न नहुने एउटा अनुसन्धानले पत्ता लगाएको छ ।

एक अनुसन्धानले टेलिभिजन हेर्दा आरामसँग बस्नेलाई हृदय रोगको जोखिम हुने जबकि, टीभी हेर्दाहेर्दै स-साना व्यायाम गर्नेलाई यस्तो जोखिम कम हुने बताइएको छ । टीभी प्रायः कोठामा बसेर हेरिन्छ । आरामसँग सोफामा वा ओछ्यानमा बसेर ४ घण्टाभन्दा बढी टीभी हेर्नेलाई हृदय रोगको सम्भावना अधिक भएको अध्ययनले पुष्टि गरेको छ । टीभी हेर्दा पनि स–साना एक्सरसाइज गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

मुटुलाई स्वस्थ राख्नका लागि सातामा कम्तीमा १५० मिनेट व्यायाम गर्नु जरुरी छ । प्राय: गृहिणी महिलामा लामो समय टीभी हेर्ने आदत हुन सक्छ । घरको काम सकेर समय बिताउनकै लागि टीभी हेर्न बस्ने धेरै मानिस छन् । टीभी हेर्दा समयसमयमा उठ्ने, हातखुट्टा तन्काउने वा हिँड्ने काम गर्नुपर्छ ।

हामीमध्ये कतिपय मानिस कामका क्रममा लामो समय कुर्सीमा बस्छौं, यो पनि हानिकारक नै हो । तर योभन्दा पनि हानिकारका काम भनेको घण्टौंसम्म आरामदायी ढङ्गमा बसेर टीभी हेर्नु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्