Logo

निरन्तर मोबाइल र कम्प्युटरमा काम गर्ने व्यक्तिहरुमा देखा पर्दछ यस्तो समस्या



Spread the love

अहिलेको समयमा कुन ठाउँमा नहोला जहाँ बच्चाबच्चीको हातमा मोबाइल नभएको। पछिल्लो समय मानिसहरु लामो समयसम्म कम्प्युटर र मोबाइलमा काम गर्ने गर्दा कम्प्युटर या मोबाइल नियमित प्रयोग गर्नेहरुको आँखामा असर गरिरहेको छ ।

लामो समयसमम मोबाइल वा कम्प्युटरमा काम गर्दा आँखामा समस्या आउने आँखा रोग विशेषज्ञहरु बताउँछन् । आँखा रोग विशेषज्ञका अनुसार लामो समयसम्म मोबाइल र कम्प्युटरमा बस्ने मानिसमा ‘भिजन सिन्ड्रोम’ को समस्या देखिने गरेको बताए ।

यो सिन्ड्रोम भएमा टाउको दुख्ने, आँखाबाहिर निस्कन खोजेजस्तो हुने, एउटै वस्तु दुइटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुख्खा हुने, आँखा चिम्म गरेर बसौंजस्तो हुनेलगायत लक्षणहरु देखिन्छन् । दैनिक ६ देखि ८ घण्टाभन्दा बढी समय कम्प्युटर या मोबाइलमा काम गर्ने मानिसमा यो समस्या आउँछ । भिजन सिन्ड्रोमका कुनै पनि लक्षणहरु समयमा समाधान गर्न नसकेमा लामो समयसम्म सताउने गर्छ ।

हामीहरु ६० मिनेट निरन्तर कम्प्युटरमा काम गरेपश्चात ६० सेकेन्ड आराम गनुपर्छ भने ६० मिटर टाढा बस्नुपर्छ । यदि दुई घण्टा निरन्तर काम गरेको अवस्थामा आँखालाई ५-७ मिनेट आराम गरी ३० मिटर टाढा बस्नुपर्ने हुन्छ ।

नजिकको वस्तु हेर्दा हाम्रो १२ वटा मांसपेशीले काम गर्छ । यी मांसपेशीको सहयोगले आँखाले तलमाथि, दायाँ, बायाँ हेर्ने काम गर्छ । नजिकको चिज हेर्ने बेलामा यसले आँखालाई नजिक ल्याउँछ । लामो समयसम्म काम गर्दा ती मांसपेशीमा ‘भिजन सिन्ड्रोम’को समस्या देखिने गर्दछ गर्दछ ।

प्रतिक्रिया दिनुहोस्