Logo

मिर्गौला पीडितलाई २१ लाख सहयोग



Spread the love

११ भाद्र, काठमाडाैँ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएकी मिर्गौला पीडित उर्मिला तामाङको उपचारका लागि रु २१ लाख ८२ हजार सङ्कलन भएको छ ।

‘छोर्वाला काई रेडियो गेताङ’ले दुई वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गराइरहेकी तामाङको सहयोगार्थ विभिन्न कार्यक्रमबाट सङ्कलन भएको सो रकम मंगलबार हस्तान्तरण गरिएको हो । रामेछापको दोरम्बा गाउँपालिका–७ की ३५ वर्षीया तामाङलाई रकम प्रदान गरिएको अभियानका संयोजक सुदिन दोङले जानकारी दिए । पीडित तामाङलाई उनका श्रीमान्ले मिर्गाैला दान गर्ने तामाङ चलचित्र सङ्घका अध्यक्ष विकु थोकरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्