Logo

लोनमा साञ्चेज इटालीयन सिरी ‘ए’ क्लव इन्टर मिलान जाने



Spread the love

११ भदौ, काठमाडौं । इटालीयन सिरी ‘ए’ क्लव इन्टर मिलान चिली तथा म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेज लोनमा जाने भएका छन् । साञ्चेजलाई युनाइटेडले ४.५ मिलियन पाउन्डको सहमति गर्दै लोनमा इन्टर मिलानमा पठाउन सहमत भएको हो । बुधबार साञ्चेजको मेडिकल हुनेछ । समर ट्रान्सफर सकिनु पूर्व नै साञ्चेज युनाइटेड छाडेर इन्टर मिलानमा पुग्नेछन् ।

सोन्चेजको १९ महिना लामो ओल्ड ट्राफड बसाइ भने निकै निराशाजनक रह्यो । जनवरी २०१८ मा आर्सनलबाट आएका उनले ४५ खेल खेले र मात्र ५ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्