Logo

साउदीले तोडे सचिनको रेकर्ड



Spread the love

११ भदौ, काठमाडौं । न्युजिल्याण्डका फास्ट बलर टिम साउदीले सचिनको एउटा रेकर्ड तोडेका छन्। टेस्ट क्रिकेटमा साउदीले सचिन तथा क्लाइव लयडलाई पछाडी पारेका छन्।

सोमबार श्रीलंकाविरूद्ध खेलिएको दोश्रो टेस्टमा मात्र १० बलमा २४ रन बनाए। यसक्रममा उनले २ छक्का र २ चौका लगाए। योसँगै ३० वर्षिय टिमले टेस्ट क्रिकेटको आफ्नो छक्काको संख्या ७१ मा पुर्‍याएका छन्।

श्रीलंका विरूद्ध ब्याटिङमा उत्रदां उनी सचिनको ६९ छक्काको बराबरीमा थिए। साउदीले एकै पारीमा क्लाइव लयड(७०) तथा युनिस खान(७०)लाई पनि पछाडि पारे। साउदी टेस्ट क्रिकेटमा ७० भन्दा बढि छक्का प्रहार गर्ने १५ खेलाडीमा पर्छन्।

धोनीलाई जित्न अब साउदीलाई ८ छक्काको आवश्यक रहँदा रिक्की पोन्टिङको रेकर्ड तोड्न भने उनलाई केवल ३ छक्काको आवश्यक्ता रहेको छ।

प्रतिक्रिया दिनुहोस्