Logo

यू–१९ क्रिकेट टोलीले भोलि दोस्रो अभ्यास खेल खेल्ने



Spread the love

११ भदौ, काठमाडौं । एसिसि एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले भोलि आफ्नो दोस्रो अभ्यास खेल खेल्दैछ । पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग पराजय व्यहोरेको नेपाली टोली दोस्रो अभ्यास खेलमा बडुरलिया सिसिसँग प्रतिस्पर्धा गर्नेछ ।

हिजो भएको खेलमा नेपाल अन्तिम बलमा क्याच छोड्दा ३ विकेटले पराजित भएको थियो । श्रीलंकामा एक सातापश्चात सुरु हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्