Logo

साफ यू–१५ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै



Spread the love

१२ भदौ, काठमाडौं । भारतको कल्याणीमा जारी यू–१५ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । फाइनलमा पुग्नको लागि नेपालले भुटानविरुद्ध जित निकाल्नु आवश्यक रहेको छ । खेल नेपली समयअनुसार मध्यान्ह १२ बजे बाट सुरु हुनेछ ।

नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ । यद्यपि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा भने गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ ।

तुलनात्मक रुपमा कमजोर रहेको भुटानविरुद्ध नेपालले जित हात पारे उपाधिका लागि भारतको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्