Logo

लिग वानमा रोहित चन्द सम्मिलित पर्सिजाको अर्को बराबरी



Spread the love

१२ भदौ, काठमाडौं । इन्डोनेसियन लिगा वानमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले यो सिजन भने खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

आफ्नो झन्डै आधा खेल सकिन लाग्दा पनि टोलीले प्राय: खेलहरुमा बराबरीमा चित्त बुझाउनु परेको छ । बुधबार भएको खेलमा घरेलु मैदानमा पिएसएम माकासारसँग रोहितको टोलीले गोलरहित बराबरी खेलेको हो ।

१३ खेल सकिदासम्म टोलीले २ खेल मात्र जित्न निकालेको छ । टोलीले ८ खेल बराबरी खेल्दा ३ खेलमा भने हार व्यहोरेको थियो । बुधबारको खेलमा रोहितले पुरा समय खेलेका थिए ।

साविक विजेता रहेको रोहितको टोलीले १३ खेलबाट मात्र १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्