Logo

आयाक्स युइएफए च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश



Spread the love

१२ भदौ, काठमाडौं । युइएफए च्याम्पियन्स लिगको समूह चरणमा डच क्लब आयाक्स प्रवेश गरेको छ । दोस्रो लिगमा साइप्रसको अपोइल निकोसियालाई २–० ले पराजित गर्दै आयाक्स समूह चरणमा पुग्न सफल भएको हो ।

बुधबार राति घरेलु मैदान योहान क्रुफ एरिनामा आयाक्सको जितमा एड्सन अल्भारेज र डुसान टाडिकले गोल गरे ।

एड्सन अल्भारेजले खेलको ४३ औँ मिनेटमा आयाक्सको लागि पहिलो गोल गरेका थिए । ८० औँ मिनेटमा डुसान टाडिकले दोस्रो गोल गर्दै टोलीलाई जिततर्फ धकेलेका थिए । गत सिजन सेमिफाइनलमा पुगेको आयाक्सले अहिले पनि अगाडि बढ्नको लागि बाटो खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्