Logo

आइपिएस तालिममा नेपाल प्रहरीका कृष्ण खड्का ‘सोर्ड अफ अनर’ बाट सम्मानित



Spread the love

१२ भदौ, काठमाडौं । नेपाल प्रहरी भारतमा सम्पन्न आइपिएस तालिम २०१७ मा उत्कृष्ट भएको छ। भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने लामो तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का सम्मानित भएका हुन्।

उक्त तालिममा प्रहरी निरीक्षक खड्कासहित ५ जना सहभागी भएका थिए। उक्त तालिममा प्रहरी निरीक्षक अनु लामाले ३ विधा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ मा पुरस्कार हात पार्न सफल भएकी छन्। त्यस्तै, प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पिटी’ बाट सम्मानित भएका छन्।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले उत्कृष्ट भएका खड्कालाई सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए। तालिममा अपराध अनुसन्धान, साइबर क्राइम र साइबर सेक्युरिटी, ल एण्ड अर्डर कायम गर्ने लगायतका विषयमा सुरक्षा विज्ञहरुले तालिम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्