Logo

आज च्याम्पियन्स लिग फुटबलको ‘ड्र’



Spread the love

१२ भदौ, काठमाडौं । आज (बिहिबार) युरोपियन क्लब फुटबलको सर्बाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ हुँदैछ । आज साँझ नयाँ सिजन २०१९–२० को समूह चरणको खेल विभाजन हुने भएको हो ।

समूह विभाजन ‘ड्र’ मा ३२ क्लबहरुको सहभागिता रहेको छ । युईएफएले समूह चरणका लागि ३२ टोलीलाई ४ पोटमा विभाजन गरेर ‘ड्र’ गर्नेछ ।

२६ टोलीले च्याम्पियन्स लिगमा सिधै सहभागिता जनाएका छन् भने अन्य ६ टोली छनोट मार्फत आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्