Logo

‘ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट’



Spread the love

१२ भदौ, चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमान स्थलको स्तरवृद्धिसँगै रात्रीकालिन उडानको तयारी रहेको बताएका छन् । उनले आज भरतपुर विमान स्थलमा सरोकारवालासँगको कुरा गर्दै विमान स्थलको धावन मार्ग विस्तारसँगै रात्रीकालिन उडान गर्ने गरी तयारी अगाडि बढेको जानकारी दिएका हुन् ।

नेपालभरीका विमान स्थलको स्तर बृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमान स्थलको बिस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने जानकारी दिए ।

साथै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विमान स्थल जोखिम भएको भन्दै यसको धावन मार्ग विस्तारको विकल्प नरहेको बताएकी छन् ।

साथै पत्रकारहरुसँगको कुराकानीमा मन्त्री भट्टराईले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने जानकारी दिए । केही हवाई कम्पनीले यसमा आलोचना गरेको भएपनि देशको नियम कानुन कम्पनीले पालना गर्नुको विकल्प नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्