Logo

साफ यू १५: भुटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक



Spread the love

१० भदौ, काठमाडौं । नेपाली युवा टोली भारतको कोलकातामा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । बिहीबार नेपालले अन्तिम खेलमा भुटानलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान प्रदीप लम्सालले २, निराजन खत्री, अशिम राई, क्रिस सापकोटा र सुगम जिम्मीले समान १ गोल गरे । प्रदीपले पाँचौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा नेपालले अग्रता बनायो । निराजनले १४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै नेपालले २–० को अग्रता कायम गर्यो । त्यसपश्चात ४८ औँ मिनेटमा गोल गरेको नेपालले ७५ औँ, ८५ औँ र अन्तिम इन्जुरी समयमा गोल गरेको थियो।

अन्तिम खेल भारत र बंगलादेशबीच हुनेछ । त्यो खेलमा कम्तीमा ४ गोलको अन्तरमा विजयी भएको खण्डमा बंगलादेश फाइनल पुग्नेछ । त्यो भन्दा कम अन्तरको जित, बराबरी वा बंगलादेशको हारमा नेपाल फाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्