Logo

कोशी पीडितको माग सम्बोधन गर्न ध्यानाकर्षण



Spread the love

१२ भाद्र, काठमाडाैँ – क्षतिपूर्तिको माग गर्दै अनशनमा बसेका कोशी पीडितका विषयमा सांसद सीताराम मेहताले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद मेहताले कोशी पीडितको माग तत्काल सम्बोधन गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले गत साउन ३२ गतेदेखि कोशी ब्यारेजको पूर्वी भागमा आफ्ना तीन सूत्रीय माग राख्दै कोशी कटान डुबान पीडित सङ्घर्ष समिति सुनसरी, सप्तरी र उदयपुरका स्थानीयले क्षतिपूर्तिको माग गर्दै संयुक्तरुपमा रिले अनशनमा बसेकाले उनीहरुका माग तत्काल सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराराएका हुन् ।

सांसद मेहताले विसं २०११ मा नेपाल र भारत सरकारले गरेको कोशी सम्झौताअनुसार जग्गाको क्षतिपूर्ति दिनुपर्ने, कोशी योजनाले अधिक्रमण गरेको जग्गामा मात्र पाइलट च्यानल निर्माण गर्नुपर्ने, सन्धिअनुसार स्कूल, अस्पताल बनाउनुपर्ने, सन्धिअनुसार कोशी योजनाले नेपालको कुनै भू–भागमा काम गर्दा नेपाल सरकारसँग सहमति लिनुपर्ने र ५६ हजार ३५१ बिघा जग्गाको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भन्दै सभामुखमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्