Logo

सेवा दिवस मनाइयो



Spread the love

१२ भाद्र, काठमाडाैँ – राष्ट्रिय अनुसन्धान विभागले नेपाल विशेष सेवा दिवस मनाएको छ । दिवसका अवसरमा आज विभागमा पूर्वराष्ट्रसेवक तथा बहालवाला कर्मचारीको उपस्थितिमा पुनर्मिलन कार्यक्रम गरिएको छ ।

विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले सरकारको नीतिगत निर्णयबाट सङ्गठनको जिम्मेवारी र कार्यक्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गरी सङ्गठनलाई प्राप्त जिम्मेवारीका साथ अगाडि बढाइने बताए । उनले संस्थालाई व्यावसायिक ‘इन्टेलिजेन्स’ संस्थाका रुपमा विकास र विस्तार गर्ने, कर्मचारीको क्षमता विकास, वर्तमान कार्यशैलीमा परिवर्तन र प्रविधिको उच्चतम प्रयोग गरी परिचालित हुनुपर्नेमा जोड दिए ।

उनले इन्टेलिजेन्सको मूलभूत मान्यताअनुरुप परिचालन हुन मातहतका कर्मचारीलाई निर्देशन दिँदै सुशासन कायम गर्ने सरकारको नीतिअनुरुप विभागले कर्मचारी परिचालन गरेको र त्यसको सकारात्मक नतिजा देखिँदै गएको धारणासमेत व्यक्त गरे ।

कार्यक्रममा विभागका पूर्वप्रमुख विष्णुराज पन्तले विशेष सेवामा रहेर काम गर्न पाउनु गौरव भएकाले देशको सेवामा लाग्नुपर्ने बताए । विभागले नेपाल विशेष सेवा ऐन लागू गरेको दिनको सम्झनामा दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा बुधबार १३३ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्