Logo

फिल्म ‘ए मेरो हजुर २’को नयाँ गीत सार्वजनिक(भिडियो)



Spread the love

फिल्म ‘ए मेरो हजुर २’ को तेस्रो ‘उकालीमा जाँदा जाँदै’बोलको गीत रिलिज भएको छ ।युवा पुस्ता लक्षित फिल्मको सार्वजनिक उकालीमा जाँदा जाँदै बोलको गीतमा लिड कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत, सलिनमान बानियाँ लगायत फिचरिङमा छन् ।

     सुहाना इन्टरटेमेन्टको ब्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रका २ गीत जुन सार्वजनिक भएसगै चर्चित भै सकेका छन। कविराज गहतराज र रेनशा वान्तवा राईले नृत्य निर्देशन गरेका छन् । गीतमा शब्द संगीत वसन्त सापकोटाको छ । सार्वजनिक गीतमा ईन्दिरा जोशी र राजेशपायल राईको स्वर छ । सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय रहेको चलचित्र यहि भदौ १६ गतेबाट देशभर प्रदर्शन हुदैछ।फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/1UCozTBfMEI

प्रतिक्रिया दिनुहोस्