Logo

भोली भाद्र १३ गते शुक्रबार, भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल भाद्र १३ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – धनसम्पति जोड्ने योग छ। आफन्तबाट सहयोग हासिल हुने छ। मन प्रशन्न रहला।

वृष राशी – नेतृत्व गर्ने र आफूलार्इ प्रमाणित गर्ने अवसर प्राप्त हुने छ। प्रेम तथा विवाहको विषय अघि बढ्ने छ।

मिथुन राशी – पैसा कमाउने अवसर प्राप्त होला। मित्रजनसँग भेट हुने छ। उल्लासमय दिन रहने छ।

कर्कट राशी – सिर्जनशील क्षेत्रमा मन जाने छ। र, सफलता पनि हात लाग्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

सिंह राशी – आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।

कन्या राशी – पैसा खर्च सोचेर मात्रै गर्नु होला। स्वास्थ्य समस्या अन्त्य हुने छ। मित्रहरूसँग भेट हो।

तुला राशी – जागिरमा बढुवाको योग छ। आम्दानी बढ्ने छ। आफन्तबाट सहयोग पाइने छ।

वृश्चिक राशी – कला क्षेत्रमा प्रवेशको योग छ। महिलाहरूका लागि सौन्दर्य क्षेत्रमा सफलता हासिल होला।

धनु राशी – नयाँ कार्य प्रारम्भ होला। धनसम्पति हात पर्ने छ। वैदेशिक यात्रा योग पनि छ।

मकर राशी – दिन उल्लासमय हुने छ। काममा मन जाने छ। अध्ययनको क्षेत्रमा सफलता हासिल होला।

कुम्भ राशी – अध्ययन अध्यापकको क्षेत्रमा सफलता हासिल हुने छ। धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ।

मीन राशी – यात्राको योग छ। परिवारसँग भेटघाट होला। दिन रमाइलो गरी बित्ने छ।

प्रतिक्रिया दिनुहोस्