Logo

तकसेरामा फुटबल मैदान



Spread the love

१३ भाद्र, रूकुम – तकसेरामा फुटबल मैदान निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको रु ३० लाखको लागतमा उक्त मैदान निर्माण गरिएको हो ।

गाउँगाउँमा फुटबलको विकासका लागि खेल मैदान निर्माण गरिएको हो । ‘एक पालिका, एक रङ्गशाला’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले फुटबल मैदान निर्माण गरेको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए । यहाँ रहेको सानो चौरलाई फराकिलो बनाई खेल मैदानमा परिणत गरिएको हो ।

प्रदेश सरकारको गत आवको बजेटबाट खेल मैदान निर्माण गरिएको ओलीले बताए । भौतिक पूर्वाधार अभावका कारण गाउँमा खेलकूदको विकास हुन नसकेको र यो समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको उनको भनाइ छ । मैदानमा फुटबलसँगै अन्य खेलसमेत सञ्चालन गर्न सकिने छ । स्थानीय फुटबल खेलाडी राजु मगर खेल मैदान निर्माणपछि खेलाडीले नियमित अभ्यास गर्न थालेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्