Logo

शारीरिक सुगठनमा दाहाल प्रथम



Spread the love
प्रतिकात्मक तस्बीर

१५ भाद्र, ललितपुर – ‘हेल्पिङ क्याप’ सामाजिक संस्थाद्वारा आयोजित खुला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो तथा ललित धिमाल तेस्रो भए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, रु दुई लाख ५० हजार र रु दुई लाखसहित सम्मान गरियो । दश खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएकामा तीमध्येबाट शनिबार अन्तिम चरणको प्रतिस्पर्धा गराइएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरे ।

शारीरिक सुगठनका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठको नेतृत्वमा १० सदस्यीय निर्णायक समितिले खेलाडीको शरीरको संरचना, सौन्दर्य, हिँडडुलको चाललगायत आधारमा उत्कृष्ट खेलाडी छनोट गरेको थियो । प्रतियोगितामा प्रथम भएका दाहालले आगामी मङ्सिरमा संयुक्त अरब इमिरेट्समा हुने अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा सहभागिता जनाउने छन् । उक्त खर्च सबै आयोजक संस्थाले बेहोर्ने कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्