Logo

खोलाले बगाएर महिलाको मृत्यु



Spread the love

१५ भाद्र, नुवाकोट – नुवाकोटको ककनी गाउँपालिका–७ की ५२ वर्षीया शारदा श्रेष्ठको खोलाले बगाएर आज मृत्यु भएको छ । श्रेष्ठलाई घर नजिकैको ढाडेखोलाले बगाएको हो ।

जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार श्रेष्ठको शव तारुकास्थित त्रिशूली नदीमा फेला परेको हो । छिमेकीको घरमा जानका लागि खोला तर्ने क्रममा उनलाई बगाएको स्थानीयवासीले बताएका छन् । ककनी–७ र बेलकोटगढी नगरपालिका–१३ जोड्ने पुललाई चार वर्ष अघि भूकम्पले क्षति पुर्याएको थियो । नयाँ पुल निर्माण नहुँदा बर्सेनी दुर्घटना हुने गरेको स्थानीयवासी सम्झना सेढाइँले बताइन् ।

प्रतिक्रिया दिनुहोस्