Logo

कोहलीको कीर्तिमानसंगै भारत विजयी



Spread the love

१७ भदौ, काठमाडौं । वेस्ट इन्डिजसँगको दोस्रो टेष्टमा भारत २ सय ५७ रनले विजयी भएको छ । भारतले दुई टेष्ट सिरिजमा २–० ले जित निकाल्दै सिरिज क्लिनस्वीप गरेको हो ।

पहिलो टेष्टमा भारत ३ सय १८ रनले विजयी भएको थियो । यो सँगै विराट कोहली भारतबाट सर्वाधिक टेष्ट खेल जिताउने कप्तान बन्न सफल भएका छन् । पुर्व कप्तान महेन्द्र सिंह धोनीको २७ खेल जितलाई उछिनेर कोहलीले ४८ खेलबाट २८ खेलमा जित निक्लादै यो सफलता हात पारेका हुन् ।

चार सय ६८ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिज ५९.५ ओभरमा २ सय १० रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजका लागि शमराह ब्रुक्सले सर्वाधिक ५० रन जोडे । कप्तान जेसन होल्डर ३९ र जर्मेन ब्ल्याकवुडले ३८ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि मोहम्मद शामी र रवीन्द्र जडेजाले तीन–तीन विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्