Logo

भगवान विष्णु शेष नागको ओछ्यानमा सुत्नुको रहस्य के छ त ?



Spread the love

कुनै चित्रमा हेरौ या टेलिभिजनमा भगवान विष्णुलाई विभिन्न अवतारमा देख्न सकिन्छ । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ भने कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देख्न पाइन्छ । कति पएमा चै उनी शेष नागको ओछ्यानमा आरमले सुतेको देखिन्छ । यस चित्रणको खास महत्व छ ।

भगवान विष्णुलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेष नाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ ।

विष्णुको रक्षक

शेष नाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र होइन, रक्षक पनि हो । त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लादै थिए, त्यसबेला शेष नागले तुफानबाट रक्षा गरेका थिए ।

समयको मार्गदर्शक

जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो ।

शेषनागको साथ

नराम्रो एवं खराब शक्तिलाई नष्ट गर्ने क्रममा शेषनागले भगवान विष्णुको साथ दिएका थिए ।

सबै ग्रह बस्ने आसन

हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ ।

विष्णुको अभिव्यक्ति

हिन्दु धर्मका अनुासर शेष नाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्