Logo

कस्तो हुन्छ मार्च महिनामा जन्मने मानिसहरूको स्वभाव ?



Spread the love

सेप्टेम्बर महिनामा जन्मने मानिसहरू मनका अत्यन्त कोमल हुन्छन् । कसैले आफ्नाविरुद्ध अलिकति पनि केही भनेको खण्डमा नराम्रोसँग भड्कि हाल्ने प्रकृतिका हुन्छन् ।आफ्ना प्रगतिका लागि स्वार्थी आफूलाई कसरी अघि बढाउनुपर्छ भन्ने कुरा यिनीहरुले राम्रोसँग जानेका हुन्छन् । उनीहरु आफ्नो प्रगतिका लागि स्वार्थी हुनुपरे पनि पछि हट्दैनन् ।

सधैं सँगै हिँड्ने साथीले समेत यिनले के गरिरहेका छन् भन्ने कुराको पत्ता लगाउन सक्दैनन् । अचानक कुनै ठूलो उपलब्धि हात पारेपश्चात मात्र मित्रले थाहा पाउँछन् र उनीहरु अचम्मित हुन्छन् ।

अहंकार बढी नै हुन्छ यद्यपि अत्यन्त ऊर्जाशील हुन्छन् । रिसाहरिसाउने मामिलामा यिनीहरुलाई कसैले जित्न सक्दैन ।  धेरै जसोले यिनीहरुको यस्तो कमजोरीको फाइदा समेत उठाउने भएकाले सतर्क रहनु आवश्यक हुन्छ ।

संघर्षशिल

विशेष गरी करिअर राम्रो छ भने प्रेमको मामिलामा पछि परेका हुन्छन् अनि प्रेम सम्बन्ध राम्रो छ भने विवाह सजिलै हुन सक्दैन अर्थात् जीवनमा केही न केही रोकावट अथवा अड्चनको सामना गरिरहनुपर्ने हुन्छ । हरेक समय केही नयाँ कुरा प्राप्त भएन भने कुण्ठित भइरहन्छन् । केही अवगुणलाई छाड्न सक्ने हो भने यो महिनामा जन्मनेहरु असल मानिसका रुपमा अविस्मरणीय भएर रहनसक्छन् ।

ज्ञानी सम्झने

यस महिनामा जन्मने युवतीहरु आफूलाई ज्ञानी मान्छन् । प्राय सच्चा प्रेम पाउनबाट बञ्चित रहन्छन् । यताको कुरा उता अनि उताको कुरा यता गर्ने मामिलामा एक नम्बरका हुन्छन् ।

सौन्दर्यका धनी

यिनीहरु सौन्दर्यकी मालिक हुन्छन् तर प्रेमको सन्दर्भमा एक नम्बरका बेवकूफ हुन्छन् । सच्चा प्रेमको चिन्न जान्दैनन् अनि गलत व्यक्तिसँग सम्बन्ध गाँसेर जीवन बर्बाद पार्छन् ।

मन सफा

यो महिनामा जन्मने केही युवतीहरुको मन सिसाझैं सफा हुन्छ ।आफूले गरेका सबै कुरा बिर्सन्छन् तर अरुले आफूमाथि गरेका व्यवहारको हिसाब राखेका हुन्छन् । बोली कडा तर व्यवहार मधुर यिनीहरूको विशेषता हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्