Logo

फाटेको जुत्ताको ‘आई एम सरी’ गीत सार्वजनिक



Spread the love

चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ। ‘आई एम सरि’ भन्ने बोल रहेको उक्त गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की फिचरिङ छन् । गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ। निरज कँडेलको छायाँकन रहेको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ। अर्जुन कुमार फिल्मस्को व्यानरमा तयार भएको फाटेको जुत्तालाई अर्जुन कुमारले निर्माण गरेका हुन्।

      गीतमा सौगातले प्रियंका कार्कीलाई इम्प्रेस पार्नका लागि अनेकौ तरिकाहरु अपनाई रहेको देखाउन खोजिएको छ ।फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतको अभिनय छ। फाटेको जुत्तामा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ। कमेडी जनराको निर्माण भएको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्।चलचित्र यहि कार्तिक १७ गतेबाट देशभर एकै साथ प्रदर्शन हुदैछ ।

हेर्नुहोस्  भिडियो :

https://youtu.be/OIPqHOP_GiA

प्रतिक्रिया दिनुहोस्