Logo

बलभद्र कुँवरको जीवनीमा ‘नालापानी’ बन्ने



Spread the love

चलचित्र ‘नालापानी’बन्ने भएको छ। नेपालका वीर सहिद वलभद्र कुँवरको जीवनीमा आधारित चलचित्र ‘नालापानी’बन्न लागेको हो।शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरियो। अंग्रेज फौजले नेपाललाई आफ्नो कब्जामा लिन खोज्दा गोर्खालीले देखाएको बहादुरी नै फिल्मको मुख्य कथावस्तु हो। त्यस बेला बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग लडाई लडेको थियो।

नेपाल अंग्रेज युद्धका क्रममा वीर सहिद बलभद्र कुँवर र सम्पूर्ण नेपालीहरुले दिएको योगदानलाई मुख्य विषय बनाएर बनाउन लागिएको चलचित्र ‘नालापानी’मा रिमेश अधिकारीको निर्देशन रहने छ भने मनोज शाक्यको लगानी रहेको छ। चलचित्रमा आशिस भट्टराईको पटकथा र संवाद रहेको छ भने रोशन श्रेष्ठले निर्देशन गर्दै छन ।चलचित्रमा अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, विशाल पहाडी, गीता अधिकारी लगायतको अभिनय  रहने छ ।

प्रतिक्रिया दिनुहोस्