Logo

राजमार्गको मुख्य चोकमा सिसीटिभी क्यामेरा



Spread the love

२७ भाद्र, राजविराज – अग्निसाइर कृष्णासवरन गाउँपालिकाले पूर्व–पश्चिम राजमार्गको मुख्यमुख्य चोकमा सिसीटिभी क्यामेरा जडान गरेको छ । बढ्दो सवारी दुर्घटनाको अनुगमन गर्न सिसीटिभी क्यामेरा जडान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीका अनुसार पूर्व–पश्चिम राजमार्गको महुली, विशाल चोक, सीतापुरलगायत स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको हो । “अब राजमार्गमा हुने विभिन्न गतिविधिबारे थाहा पाउन सहज हुनेछ”, उनले भने । गाउँपालिकाले विद्यालय, स्वास्थ्य संस्था तथा सबै वडाका क्रियाकलापबारे सिसीटिभीमार्फत अवलोकन गर्न सकिने सूचना प्राविधिको विकास गरेको छ ।

विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गरी शिक्षक शिक्षिकाको उपस्थितिको आधारमा तलब उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले बताए । सूचना प्रविधिमा सबैको पहुँच पुर्याउनका लागि सबै चोक र बजारमा फ्रि वाइफाइको व्यवस्था गर्न लागिएको यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्