Logo

बार्सिलोनामा नेयमार आएको भए म निक्कै खुसी हुन्थे : कप्तान लिओनेल मेस्सी



Spread the love

२७ भदौ, काठमाडौं । बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले ट्रान्सफर विन्डोमा बार्सिलोनामा नेयमार आएको भए आफू निकै खुसी हुने बताएका छन् । उनले नेइमारको बार्सिलोना आगमनले आफूहरूको लक्ष्य प्राप्तिको सम्भावनालाई अझ बलियो बनाउने बताएका हुन्।

नेयमारले सन् २०१३ मा बार्सिलोना आएपश्चात १ सय ८६ खेल खेल्दै १ सय ५ गोल गरेका थिए । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा पीएसजी पुगेका उनले ५८ खेलमा ५१ गोल गरेका छन् । सिजनको सुरुवातमा बार्सिलोनाले नेयमारलाई भित्र्याउन निकै प्रयास गरेको थियो तर, दुवै क्लबबीच सम्झौतामा हुन नसक्दा उनको ट्रान्सफर भएन ।

कप्तान मेस्सी भन्छन्, ‘नेयमार आएको भए म एकदम खुसी हुन्थें । जसरी नेयमारले पछिल्लो पटक क्लब छाडे, त्यसलाई लिएर केहि व्यक्ति दुखी हुनु जायज हो । तर खेलको हिसाबमा भन्ने हो भने नेयमार विश्वकै उत्कृष्ट खेलाडीमा पर्छन् । उनी टोलीमा हुँदा हाम्रो लक्ष्य प्राप्त गर्न थप सहज हुन्थ्यो,’ ।

मेस्सीले नेयमार टोलीमा नभएको अवस्थामा पनि बार्सिलोना बलियो टोली रहेको र आफू पनि अझै क्लबमा नै रहने बताए ।

प्रतिक्रिया दिनुहोस्