Logo

नेपाली चलचित्रमा उदाउँदै नायिका-सुपुष्पा 



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन्- सुपुष्पा भट्ट । उनले निर्देशक गोविन्द सिंह भण्डारीको नेपाली चलचित्र ‘रणवीर’ मार्फत आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् । अहिले नेपाली फिल्ममा नयाँ अनुहार खोजिने क्रम तीव्र भएको छ तर कोहिले चलचित्रलाई निरन्तरता दिएका छन् भने कोही पहिलो चलचित्र बाटै हराउने देखिएका छन् । यसै साल मा थुप्रै नयाँ अनुहार फिल्ममा देखिएका छन् यसै मध्यकी एक हुन् ,नायिका सुपुष्पा पनि रहेकी छिन् ।

‘सानै देखि चलचित्रमा आउने चाहना थियो तर यति छिटै सफलता र चलचित्र पाउँछु भनेर सोच्चेको थिइन्-सुपुष्पा । उनले दोस्रो चलचित्र (छक्का पन्जाको टिम) अर्थात् दीपक दीपाको संयुक्त रूपमा निर्माण गर्न लागेको चलचित्र ‘छ माया छपक्कै’मा सहायक-नायिकाको भूमिका देखिएकी छिन् भने उनको चर्चा परिचर्चा झन् चुलिएको छ । केही दिन पहिले चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत ‘जुनको जुनेली’ रिलिज भएको थियो । उक्त गीतमा उनको डान्सलाई र अभिनयलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

उनको लोभ लाग्दो सुन्दरता र अभिनयको खुबै चर्चा परिचर्चा चलेको छ । उनी विविध कारणले चर्चामा रहेकी हुन्छिन् कहिले आफ्नो सुन्दरता र अभिनय त अहिले सहायक-नायिका भूमिका निभाउदा चर्चामा रहेकी छिन् । खुल्लमा आएको चलचित्र ‘चप्पली हाइट ३’मा पनि उनले सहायक-नायिकाको भूमिका निभाउने भएकी छिन् ।

फोटो फिचर :

 

 

 

 

प्रतिक्रिया दिनुहोस्