Logo

अस्ट्रेलियासँग ३-० गोलले पराजित भएपश्चात कुवेतका प्रशिक्षक रोमियो बर्खास्त



Spread the love

२७ भदौ, काठमाडौं । कुवेत फुटबल संघले राष्ट्रिय फुटबल टोलीका सम्पुर्ण प्रशिक्षक टोलिलाई बर्खास्त गरेको छ। विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा अस्ट्रेलियासँग ३-० गोलले पराजित भएसंगै कुवेतका प्रशिक्षक रोमियो योजाक बर्खास्त भएका हुन्।

एक वर्षअघि मात्र क्रोएसियन प्रशिक्षक योजाकले कुवेतको प्रशिक्षण सम्हालेका थिए। समूहगत चरणको खेलमा कुवेतले एक साताअघि नेपाललाई ७-० गोलले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्