Logo

भगवान् शिवको रहस्य मय स्वरुपको अर्थ के हो ?



Spread the love


भगवान शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वरको रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। भगवान शिवलाई संहारको देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ।

सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उनको नाम उत्तिकै रहस्यमयी पनि । यस प्रकार छन् भगवान शिवको रहस्य:

शिवको नाग

शिवको गलामा नागको माला लगाएको देखिन्छ । उक्त नागको नाम वासुकि हो र उनको ठूलो दाजुको नाम शेषनाग हो ।

शिवको अर्द्धाङ्गिनी

शिवको पहिलो पत्नी सतीले नै अर्को जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् ।

आदिनाथ शिव

सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार-प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । आदिको अर्थ प्रारम्भ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो ।

शिवको अस्त्र-शस्त्र

शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशूल हो ।

शिवको पुत्र

शिवको प्रमूख ६ पुत्र थिए, गणेश, कार्तिकेय, सुकेश, जलन्धर, अयप्पा र भूमा ।

शिवको शिष्य

शिवका सात शिष्य थिए । जसलाई प्रारम्भिक सप्तऋषि मानियो । शिवको शिष्य हो, बृहस्पति, विशालाक्ष, शुक्र, सहस्राक्ष, महेनद्र, प्राचेतस मनु, भरद्वाज । यसका साथै आठौं गैरशिरिस मुनी पनि थिए ।

शिवको गण

शिवले गणमा भैरव, वीरभद्र, मणिभद्र, चन्दिस, नन्दी, शृंगी, भृगिरिटी, शैल, गोकर्ण, घन्टाकर्ण र विजय प्रमुख हुन् । यसका साथै पिशाच, दैत्य र नाग नागिन, पुश पनि शिवको गण मानिन्छ ।

शिवको द्वारपाल

नन्दी, स्कन्द, रिटी, वृषभ, भृंगी, गणेश, उमा महेश्वर र महाकाल ।

देवता र असुर दुबैको प्रिय शिव

भगवान शिवलाई देवता र असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन् । शिव, सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको सर्वोच्व देवता हो ।

शिव चिन्ह

वनवासीदेखि लिएर सबै साधरण व्यक्तिले जुन चिन्हको पूजा गरिन्छ, ति पत्थरको ढोल, बटिया शिवको चिन्ह मानिन्छ । यसका साथै रुद्राक्ष, त्रिसुललाई पनि शिवको चिन्ह मानिनछ । कसैले डमरु र अर्द्ध चन्द्रलाई शिवको चिन्ह मान्छन् ।

शिव स्वरुपको अर्थ

शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्