Logo

नेपालमै पहिलो पटक होचै होचा कलाकारहरुको दमदार अभिनय र डान्स रहेको गीत सार्वजनिक (भिडियो सहित)



Spread the love

नेपालमै पहिलो पटक होचै होचा कलाकारहरुको दम्दार अभिनय र डान्स रहेको ‘ नरिसाउ न मालती ’ बोलको गीत सार्बजनिक भएको छ।

युवा पुस्ताका अत्यन्तै लोकप्रिय गायक भुपु पाण्डेले ‘ नरिसाउ न मालती ’ बोलको गीत आफ्नै युट्युब च्यानबाट रिलिज गरेका छन्।  युवा पुस्ताका अत्यन्तै लोकप्रिय गायक पाण्डे समय सान्दर्भिक गीतको भिडियो निकाल्नमा माहीर छन् ।

युवापुस्तालाई ध्यानमा राखेर पाण्डेले बनाएको गीतको म्युजिक भिडियो पनि फरक शैलीको छ । एक पछि अर्को हिट गीत दिँदै आएका पाण्डेको यो गीतले पनि दर्शक-स्रोताहरुको माया पाउने उनको विश्वास छ ।

जस्तो सुकै प्याटर्न र लयमा भएका गितहरुलाई आफ्नो सुमधुर स्वरमा राम्रोसंग ढाल्न सक्ने क्षमता भएका गायक भुपु साङितिक क्षेत्रलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने उनको गायन क्षमताबाट सजिलैसंग अनुमान गर्न सकिन्छ।

जस्तो सुकै परिस्थिती र सबैसंग मिल्न सक्ने मिजासिलो स्वभावका पाण्डे आफुले अझै पनि दर्शकको रोजाई अनुुसार गितहरु बजारमा ल्याउने बताउछन।आफ्नो गेटअपका कारण चर्चामा रहने गायक पाण्डेले संगीतमा निकै मेहनत गर्ने गरेको बताउँछन् । ‘यो गीतमा केही फरक दिने प्रयास गरेको छु’, उनले बताए ।

आफ्नै संगीत र एरेञ्ज रहेको ‘नरिसाउ न मालती’ बोलको गीतको शब्द राजेश अर्यालले लेखेका हुन् ।आफ्ना अघिल्ला गीतहरूबाट उत्साहित बनेका गायक पाण्डेले प्रत्येक गीतलाई फरक पहिचान दिने प्रयास गर्ने गरेका छन् ।

गीतमा भुपु पाण्डे र कुसुम दाहालको स्वर रहेको छ । भिडियोमा गायक स्वयम र अन्य कलाकारहरु सिसा सागर,मनिषा श्रेष्ठ,मेघराज खड्का,सुरज शाही ठकुरी, अनिक श्रेष्ठ, पवन घर्ती मगर,रीना श्रेष्ठ,ज्याक गुरुङको अभिनय रहेको छ ।गीतको मिक्सिङ एवम मास्टरिङ भने नरेन्द्र बियोगिले गरेका छन् ।

पाण्डेको पछिल्लो ‘छाता’ गीत युट्युबमा हिट भैसकेको छ ।  उनले म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानबाट रिलिज गरेका हुन् ।पाण्डेको नयाँ भिडियो ‘ ‘नरिसाउ न मालती’’लाई कोरियोग्राफी तथा निर्देशन सुरज कुसुम्यले गरेका हुन् । भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/B_V-2EO2P7I

प्रतिक्रिया दिनुहोस्