Logo

आफैँलाई फर्केर हेर्न मन लाग्यो !



आफैँलाई फर्केर हेर्न मन लाग्यो

सर्याक सुरुक्क…..आवाज आयो। खोपा तिर हेरेँ।
घरको खोपाबाट रमशेले हेरेको थियो, बिरालोको जस्तो आँखा देखाएर। बासी भात मुछ्दै गरेको जुठै हात म जुरुक्क उठेर दौडिएँ। चुलाको अगाडि आमा बस्नु भएको थियो । मकैको रोटी पकाउँदै हुनुन्थ्यो।

ए ! काँ डुगुर्च यो ?
हातमा लागेको भातको सिता चाट्दै भान्सा भित्र छिरेँ।
बिरालो खेद्न ग्या हुँ क्या !
भात खाँदाखाँदै उठ्नु हुन्न। अलच्छिनी हुन्छन्। बसिन खा खुरुखुरु।
तर थाहा थिएन आमालाई। बाहिर रमेशे र काइँलो आएको थिए। ऊ सँग भाले खेल्न जाने सल्लाह गरेर भित्र आए। म त मक्ख आमालाई झुक्क्याए। गोपालेले बोलाउन लगाएको रहेछ। हाम्रो टिमको डन भन्दा हुन्छ। जे पर्थ्यो गोपालले सम्हाल्थ्यो। अहिले उसले बिहे गरिसक्यो।छोरो छ सानो। भेट हुँदा छोरोले बाबा भन्छ तर गोपालेले मलाई हेर्छ। म मुस्कुराउँछु मात्र। जसको कारण आजसम्म बुझ्न सकेको छैन।

आमालाई खेल्न हिँडेको, खेलेको मन पर्दैन थियो। हातखुट्टा बाँचिन्छ भन्ने त्रास हुन्थ्यो। तर मेरो त यार थिए केटाहरू। बहुत प्यार थियो। कहिले जङ्गलमा सुगाको टोड्का हेर्न पुग्थ्यौँ। काइँलो रुख चढ्नमा सिपालु थियो। पेर फर्किएका सालका ठुलठुला रुखमा चढ्थ्यो र सुगाको बच्चा निकाल्थ्यो।


आमालाई खेल्न हिँडेको, खेलेको मन पर्दैन थियो। हातखुट्टा बाँचिन्छ भन्ने त्रास हुन्थ्यो। तर मेरो त यार थिए केटाहरू। बहुत प्यार थियो। कहिले जङ्गलमा सुगाको टोड्का हेर्न पुग्थ्यौँ। काइँलो रुख चढ्नमा सिपालु थियो। पेर फर्किएका सालका ठुलठुला रुखमा चढ्थ्यो र सुगाको बच्चा निकाल्थ्यो। जिउमा प्वाँखका ठेउला नउम्रिएका बच्चा सबै बाँच्दैन थिए। केही दिनमै मर्थे। निन्याउरो अनुहार लगाउँदै म कहाँ आउँथ्यो। मैले के सान्त्वना दिएँ होला आज आफैलाई देखेर अनौठो लाग्छ तर पनि काइँलाको अनुहारमा पाउँथे केही झल्को खुसी।

कहिले जामुनका काप परेका हाँगा खोज्थ्यौँ- गाडी बनाउनलाई। एक बित्ता भन्दा अलिक लामो सर्लक्क परेको बेलनाकार काठलाई बिचमा काटेर पाङ्ग्रा बनाउँथ्यौँ। अहिले लाग्छ हामी इन्जिनियर स्तरको रहेछौँ उ.. बेला। कापको बिचमा बोरा राख्थ्यौँ। जहाँ एकले अर्कालाई बसालेर हुईकाउथ्यौँ। ओरालोमा धेरै पल्ट बोरा च्यातिएर ढाँरमा घस्रिएर जाँगे(हाल्फपाइन्ट) को पछाडि दुई ओटा आँखा बन्थे। छाला उत्रिन्थ्यो। घरमा आमालाई नभनी बस्न खोज्यो तर दुखाइले सताउँथ्यो। आमाको काखमा गएर क्वाँ…. क्वाँ…….. रुनु पर्थ्यो। आमाको हातको चोटबाट बच्ने गज्जबको उपाय थियो त्यो। स्कुल गएर बेन्चमा बस्न सकिँदैन थियो। साथीहरू गिज्याउँथे। जिस्क्याउँथे।

अहिलेका बच्चा बच्ची पनि खेल्न त खेल्छन्। रमाउन त रमाउँछन् तर भर्चुअल दुनियाँमा। डिजिटल दुनियाँमा। उनीहरू खेल्छन् तर ल्यापटपमा खेल्छन्- जोएस्टिक समाएर। एन्ड्रोइड फोनमा खेल्छन् तर पबजी, क्यान्डी क्रस र अझै आजभोलि त झनै टिकटक खेल्छन्, म्युजिकल्ली खेल्छन्।

अहिलेका बच्चा बच्ची पनि खेल्न त खेल्छन्। रमाउन त रमाउँछन् तर भर्चुअल दुनियाँमा। डिजिटल दुनियाँमा। उनीहरू खेल्छन् तर ल्यापटपमा खेल्छन्- जोएस्टिक समाएर। एन्ड्रोइड फोनमा खेल्छन् तर पबजी, क्यान्डी क्रस र अझै आजभोलि त झनै टिकटक खेल्छन्, म्युजिकल्ली खेल्छन्।


गाउँमा घर- घरमा धारा हुँदैनथे। छैनन् अहिले पनि। पँधेराबाट पानी ल्याउन सजिलोको लागि बनाउँथ्यौँ त्यो काप्चे गाडी। रहर हुन्थ्यो- गाउँका सबै हाम्रै उमेरका साथीहरूको। स्पिडमा दौडाउने प्रतिस्पर्धा हुन्थ्यो। कति पल्ट आधा गाग्री मात्र पानी घर पुग्थ्यो भने कहिले उछिट्टिएर कुच्चिएको गाग्रो लिएर घर पुग्नु पर्थ्यो। फेरि आफू पनि कुच्चिएको गाग्रोकै साइजमा आउने गरी कुटाई खानु पर्थ्यो।

स्कुलबाट आउँदा मलाई लाग्छ कहिले पनि बिस्तारै हिँडेनौँ होला। बाटोमा भेटिने लट्ठी देखि मकैको नल्ठा(डाँठ), बाँसको स्याँक्रा हाम्रा गाडी हुन्थे। थररररर्……टिटि….ट, गाडी आयो गाडी गर्दै बाटोमा घिसार्दै हिँड्दा ढुङ्गामा ठोक्किएर त्यही गाडीले पेट(भुँडीमा) घोचिएर रन्थनिँदै रुँदै घर गइन्थ्यो। उसैले जानेको हुन्थ्यो नानाथरी, भाँतीभाँती। हामीलाई नि खुब रमाइलो लाग्थ्यो।

अहिलेका बच्चाबच्ची पनि स्कुलबाट त आउँछन् तर भ्यानमा आउँछन्, स्कुल बसमा आँउछन। मम्मीसँग स्कुटीमा आउँछन्। बाबासँग बाइकमा आउँछन्।

त्यो बेला खुट्टामा जुत्ता प्राय वर्षमा एकपल्ट मुस्किलले आइपुग्थे त्यो पनि दसैँमा। गोल्ड स्टार । जुत्ता पाएको केही दिनसम्म जुत्ताको बास्ना खुब मन पर्थ्यो। सुँघ्दै राखिन्थ्यो। लगाउने त कुरै आउँदैन थियो। दशैको दिन प्राय नयाँ जुत्ता र कपडाको उद्घाटन हुन्थ्यो। मामा घर भए पो जानू।थिएन,  आफै लुगा खुब हेर्‍यो। त्यो बेला घरमा एउटा रिलवाला क्यामेरा थियो।दादाले घर जाँदा लिएर जानू भएको थियो। मेरीस्टोप सेन्टरमा जागिर गर्नु हुन्थ्यो। हरेक पल्ट घर आउँदा केही न केही ल्याइदिनु हुन्थ्यो। मलाई याद छ मलाई पहिलो पल्ट जुत्ता दादाले किनिदिनु भएको थियो। झुम्का भएको जिनको हाफपाईन्ट र टि- सर्ट पनि। मेरो अगाडि तीन जना दादाहरू। साँइलो दादा र मलाई एउटै साइजको कपडा मिल्थ्यो। उमेरको अन्तर पनि खासै थिएन।

याद छ एउटा फोटो खिच्दा पाँच मिनेट जति मिलाउनु पर्थ्यो। हात सिधा, तनक्क तन्किनु पर्‍यो। कपाल बलिउड फिल्म तेरे नाममा सलमान खानको जस्तो तोरीको तेल लगाएर सिउँदो पारेर लरक्क। आहा! त्यो बेलाको फिल। दिनभर हात टाउकोमा गइरहन्थ्यो। तर छोएर मात्र हात झार्नु पर्थ्यो नत्र कपाल बिग्रन्थ्यो। त्यही एउटा फोटो नि बिगार्नु भएन। रिल सकिन्थ्यो। चान्स नै थिएन- अर्को खिचौँला भन्ने। त्यही बेला गाउँगाँउमा फोटो ग्राफरहरु क्यामेरा बोकेर पुग्थे। उनीहरूले पन्ध्रौँ/ बिसौँ दिनमा फोटो लिएर फेरि घरघर पुग्थे र फोटो बाँड्थे।

फोटो त आजको दिन पनि खिचिन्छन्। तर दसैँ कुर्नु पर्दैन । तिहार कुर्नु पर्दैन। कुनै क्यामेरा म्यान पनि चाहिँदैन। आफैले आफ्नो फोटो खिच्न मिल्छ। सेल्फी छ । सेल्फी स्टिक छ । मजाले फोटो खिच्न मिल्छ।मेरोरीकार्डमा सुरक्षित राख्यो। जहिले मन लाग्यो, त्यति बेला धुलायो। नेगेभिट प्लास्टिकमा पोको पारेर राख्नु नि परेन। हिजोको त्यो दिनबाट आफैले आजको यी दिनहरू बिताइरहँदा साँच्चीकै मन अल्लाहदित हुन्छ।

फोटो त आजको दिन पनि खिचिन्छन्। तर दसैँ कुर्नु पर्दैन । तिहार कुर्नु पर्दैन। कुनै क्यामेरा म्यान पनि चाहिँदैन। आफैले आफ्नो फोटो खिच्न मिल्छ। सेल्फी छ । सेल्फी स्टिक छ । मजाले फोटो खिच्न मिल्छ।मेरोरीकार्डमा सुरक्षित राख्यो। जहिले मन लाग्यो, त्यति बेला धुलायो। नेगेभिट प्लास्टिकमा पोको पारेर राख्नु नि परेन। हिजोको त्यो दिनबाट आफैले आजको यी दिनहरू बिताइरहँदा साँच्चीकै मन अल्लाहदित हुन्छ।


साथीहरूको मामा घर नजिकै थियो। दशैको दिन काइँलो लगभग मामा नाता पर्ने सबै ठाउँ पुग्थ्यो- टीका थाप्न। भरे घर फर्किन्थ्यो। घर नपुग्दै पहिले म कहाँ आउँथ्यो। दिनभर निधार बेचेको पैसा गोजीबाट निकाल्थ्यो र मेरो अघि गन्दै भन्थ्यो। तेरो त मामा घर छैन नि? मलाई याद छ त्यति बेला उसले टीका लगाएर सत्र रुप्पे कमाएको थियो। मैले पनि भनेको थिएँ ।आँखा तन्काउँदै अचम्मित भएर सास फुल्याउदै ‘सत्र रुप्पे ! त्यो सत्र रुप्पे’ काइँलाको कुनिको हुन्थ्यो। केटाहरू गुर्ता(गुलेली) किन्थे। भँगेरा, सुगा, धनेश आदी केटाहरूको  सिकार हुन्थे। चरी मारेको दिन गाउँका सबैलाई देखाउँदै हिँड्थे। कसैका परेवा पनि बचेनन्। तर परेवा मारेको दिन खोलामा झरेर पोलेर खाएर फर्कन्थ्यौँ। कसैलाई थाहै हुँदैन थियो। तर कसैले थाहा पो पाइहाल्छ कि भनेर आफैले लगाएको सर्टको बाहुलाले मुख पुछ्थ्यौँ।
कहिले सिसाको गोली(गुच्चा) किन्थ्यो। बाटोमा खोपी(खोपिल्टो) पारेर खुब खेल्थ्यौँ- दिनभर।

सुर्के झोलामा किताब कोचेर स्कुल जाने त्यो बेला झोलामा प्रत्येक दिन एउटा मकैको रोटी अनिवार्य राखिन्थ्यो। हाल्फटाईममा खानलाई अहिले जस्तो क्यान्टिन/क्याफ्टेरिया हुँदैन थिए। भए पनि गोजीमा सुक्को हुने कुरा आउँथेन। महिनामा मुस्किलले एक दुई रुप्पे पाइन्थ्यो। ‘आहा ! आज त एक रुप्पे छ।’ भन्दै ध्वाँस लगाउन पनि पछि परिएन। एक रुप्पेको माउन्ट मारी (मिनिप्याक) बिस्कुट पाइन्थ्यो। सुन्तला चकलेट पाइन्थ्यो- एक रुप्पे बराबर चार वटा। बडो दोधार हुन्थ्यो मन के खाने भनेर। बिस्कुट किने चकलेट किनेको भए हुने जस्तो लाग्ने।चकलेट किने बिस्कुट किनेको भए हुने जस्तो लाग्ने। साँच्चीकै रोमाञ्चक दिन थिए ती।

स्कुल त आजका बच्चा बच्ची नि जान्छन्।खाजा त खान्छन् तर चाउमिन, म:म, क्रिम रोल, चना अण्डा।हाम्रो जस्तो स्कुलको चौरमा उम्रिएको आफू भन्दा अग्लो खर भित्र लुकेर अमिलो साँधेर खानुको मजा चानचुन थिएन। अरूको झोलाबाट मकैको भुटेको खाजा चोरेर खानुको मजा थोरै थिएन। कक्षामा सरले पढाइरहँदा सरले आफू तिर हेर्नु मात्र भयो भने थाहा पाउनु हुन्छ कि भनेर नचपाई मकैको खाजा निलेको दिन।साँच्चीकै अर्ग्यानिक समय बाँच्न पाएछौ जस्तो लाग्छ।

स्कुलबाट घर फर्किदा मकै बारीमा काँक्रा खोज्दै हिँडिन्थ्यो। हरियो खुर्सानी पिसेको नुन स्ट्यान्ड बाई हुन्थ्यो। यो सिजनको प्राय दिनहरू खुल्ला बाटोमा हिँडिएन। मकै बारीमा पस्यो।  नुन र काँक्रा टोक्दै हिँड्ने। अहिले सम्झिदा चोरी गरे जस्तो पनि लाग्दैन।बाल्यकाललाई मज्जाले उपयोग गरे जस्तो लाग्छ। सन्तुष्टि मिल्छ। एक्लै एक्लै अथवा साथीहरू भेट हुँदा मज्जाले हाँस्ने साधन बन्छन् ती दिनहरू।

त्यो समय जनयुद्धको समय पनि थियो। हरेक रात घरमा बन्दुक बोकेका मान्छेहरू खाना र बास माग्न आउँथेँ। दिनभर खेतबारीमा काम गरेर थकित आमाले खाना पकाइदिनु हुन्थ्यो। हामी तीन दाजु भाइ चुलोको नजिक बस्थ्यौँ आमासँग। ठुलो भनेकै माइलो दादा हुनुहुन्थ्यो घरमा। त्यो अबोध मस्तिष्कमा भरिएको भय, डर। साँच्चीकै भयानक थियो। कहिले सेना आउँथ्यो। जवान केटा मान्छे देखे बुटै बुटले हान्थ्यो। जनयुद्धमा सहिद कोही नभए पनि बारबार दोहोरिने तत्कालीन माओवादी र सेना पक्षको एक किसिमको आतङ्क नै थियो। आकाशमा हेलिकप्टर देखे घर भित्र पस्नु पर्थ्यो। पुलिस देखे सातो जान्थ्यो। लुकेर बस्नु पर्थ्यो। कहिले त माओवादी सेनाले हतियार घर भित्रै छोडेर जान्थे। त्यो बेला घरमा आर्मी या पुलिस आएको भए के हुन्थ्यो होला। सम्झिँदा पनि जिउ सिरिङ्ग हुन्छ।

केटाहरू सबैले आफ्नो संसारको रचना गरिसके। रमेशे र काइँलो (उसको नाम गेहेन्द्र हो )ले पनि छोरी जन्माइसके। काइँलो घरमै छ- वैदेशिक रोजगारको तयारीमा छ। रमेश अमेरिकामा छ। घर-घडेरी जोडेको छ। तर म गरिराछु भन्ने कुनै काम गरेको छैन। यति बेला फेरि गाउँमा दसैँ आउँदैछ । यो सहरका भाडाका कोठामा कहिल्यै कुनै पर्व नपाउँदा रहेछन्। तर गाउँमा उहिले जस्तो हातमा वाकमेन बोकेर सिम्ला, कालापारबाट दसैँ बोकेर ल्याउँदैनन् कोही। मलेसिया, कतार र अरबबाट पनि कोही आउँदैनन्- टेप घन्काउँदै…
कोदो फुल्यो बारीमा बरिलै धानको बाला झुल्यो खेतैमा
कति राम्रो देखिन्छ बरिलै जमरा र रातो टिकैमा……
हो……….ओ…दसैँ आयो….

कोदो फुल्यो बारीमा बरिलै धानको बाला झुल्यो खेतैमा
कति राम्रो देखिन्छ बरिलै जमरा र रातो टिकैमा……
हो……….ओ…दसैँ आयो….


मेरो गाउँमा बिस्तारै आउन छोड्यो रातो माटो र कमेरो।
सट्टामा आउँछ हार्डवेयरबाट गेरु, निलो रङ्ग र पेन्ट। बाँसको खटमा अडिएर घर लिप्ने जाँगर छैन। बरु सहरबाट मगाएर पेन्टर मेरो गाउँले रङ्ग फेर्छ। उति बेलै फेसबुकको वालमा टाँसिन्छ। खाडीको गर्मीले खाएको जवानको रगतले घर रङ्गिन्छ। संवेदना आत्महत्याको तयारीमा छ अचेल गाउँमा। घरमा बाबु आमालाई छोडेर सहर पस्ने मोडर्न सन्तान कहिल्यै सम्झिएनन्, रोएनन्। बरु रोए आमा र बाबुको संवेदनामा लेखिएका गीतहरूमा टिक टक गर्दै।

अहिले त दसैँ आउन छोड्यो।

प्रतिक्रिया दिनुहोस्