Logo

कसरी आफ्नो बाल-बच्चालाई जीवनप्रति सधै आशावादी बनाउने ?



Spread the love

हामी सधै जीवनप्रति आशावादी हुनुपर्छ । जसले गर्दा मान्छेमा उर्जा र उत्साह प्रदान गर्दछ । त्यसैले त हरेक आमाबुवा चाहन्छन्, आफ्नो सन्तान जीवनप्रति आशावादी बनोस् ।

जीवनमा आउने हरेक समस्यालाई डटेर सामना गर्ने साहस आफ्ना सन्तानमा होस् भन्ने पनि उनीहरुको चाहाना रहेको हुन्छ । आशवादी बाल-बालिकाहरु पढाईका साथसाथै अन्य क्रियाकलापमा पनि राम्रो प्रदर्शन गर्न सक्छन् । बालबालिकामा यस किसिमको सकारात्मक भाव कसरी विकास गर्ने त ?

कहिले पनि हामी बाल-बालिकाको अगाडि यो काम कहिल्यै गर्न सक्दैनौं, मेरो काम कहिल्यै सकिँदैन जस्ता कुरा गर्नै हुँदैन । हरेक दिनका यी गुनासाहरुले तपाईंका सन्तानहरुमा सकारात्मकता आउन पाउदैन । बालबालिकाहरुको अगाडि आर्थिक समस्याहरुको गुनासो गर्ने गल्ति कहिल्यै गर्नु हुँदैन ।

उनीहरु भित्र रहेकेा आशा र कुनै पनि समस्यालाई समाधान गर्न सक्ने विचारलाई कमजोर हुन कहिल्यै दिनु हुँदैन ।

बालबालिकाहरुको प्रशंसा गर्नुपर्छ

बालबालिकाहरुलाई उनीहरुको उमेर अनुसार घरमा स साना काम गर्न दिनु पर्छ र काम पुरा गरेपछि उनीहरुको तारिफ पनि गर्नु पर्छ। त्यसो गर्नाले उनीहरुलाई आफ्नो महत्व दर्शाउने मौका पाउछ र उनीहरु पनि आफुलाई प्रमाणित गर्दै सकारात्मक भएको महसुस गर्न थाल्नेछ ।वास्तविकतासंग परिचित गराएर बालबच्चालाई ठुला-ठुला सपना देखाउने अथवा झुठो आश्वासन दिनुभन्दा माया र नरम शब्दले वास्तविकता बताउने गर्नु पर्छ ।

बालबालिकाको दृष्टिकोणमा परिर्वतन ल्याउनुहोस्

बालबालिकालाई हरेक स्थितिमा सकारात्मकता खोज्न सिकाउनु पर्छ । आफुले कति संघर्ष गरेर आफ्नो कमजोरीलाई हटाउनु भएको थियो त्यो कुरा आफ्ना सन्तानहरुलाई बताउनु पर्छ ।

उत्सव मनाउनुहोस्

सानो-ठुलो जस्तो अवसर भएता पनि यसलाई रमाइलोका साथ मनाउनु पर्छ । खुशी बाँड्नाले बढ्छ । जीवनको हरेक साना भन्दा साना अवसरलाई स्मरणिय बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्