Logo

जानौँ अम्बाको सेवनबाट स्वास्थ्यमा पुग्ने अचुक फाइदाहरू



Spread the love

हाम्रो शरीरमा फलफुल सेवनले विभिन्न किसिमका भिटामिन प्रदान गर्छ अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ ।  नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन् ।

अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ । अम्बामा भएको चिसोपनाले गर्दा हामीलाई शितलता प्रदान गर्दछ । पेट सम्बन्धि रोगहरुका लागि अम्बाको सेवन अति उपयोगी हुन्छ । अम्बा भिटामिन सी ले भरिपूर्ण हुन्छ । यसले मेटापोलिज्मलाई राम्रो बनाउने भएकोले शरीरमा कोलेस्ट्रोलको स्तर नियन्त्रित हुन्छ ।

अम्बाको सेेवनबाट स्वास्थलाई पुने फाइदाहरु यसप्रकार छन् :

-तपाईंलाई कब्जियतको समस्या छ भने बिहान खाली पेटमा अम्बा सेवन गर्नाले कब्जियतको समस्या दुर हुन्छ ।

– यदि बाल-बालिकाको पेटमा किराहरु पर्ने समस्या छ भने पनि अम्बाको सेवनले तुरुन्त फाइदा पुर्‍याउँछ ।

– अम्बामा पर्याप्त मात्रामा म्याग्नेसियम हुन्छ, जसले तनाव र चिन्ता कम गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।

– यदि तपाईं नियमित रुपमा अम्बाको सेवन गर्नु हुन्छ भने तपाईंको छाला सुन्दर, चम्किलो र आकर्षक हुन्छ ।

-यदि तपाईंलाई पित्तको समस्या छ भने अम्बाको सेवन लाभदायक हुन्छ ।

-यदि तपाईं नियमित रुपले अम्बाको सेवन गर्नु हुन्छ भने तपाईंको ब्लड प्रेसर सन्तुलनमा रहन्छ ।

दिनहुँ अम्बा खानाले रुघा-खोकी जस्ता मौसमी रोगहरु समेत कम हुन्छन् ।

अम्बाका पातमा हुने गुणहरु

  • मधुमेह रोगीका लागि फाइदा

अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ ।

  • झाडापखालाबाट मुक्ति

 ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।

  • तौल घटाउन

,अम्बाको पातले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।

  • पाचन प्रणालीमा सहयोगी

अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।

  • मुटुका लागि

अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ ।

  • बलियो कपालका लागि

 अम्बाको ताजा पातको रस पिउनाले कपाल बलियो हुन्छ ।

  • ऐलर्जीको दुश्मन

अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् ।

प्रतिक्रिया दिनुहोस्