Logo

ला लिगामा साविकको विजेता बार्सिलोना ग्रानडासँग स्तब्ध



Spread the love

५ असोज, काठमाडौं । स्पेनिस ला लिगामा ग्रानडासँग बार्सिलोना पराजित भएको छ । घरेलु टोली ग्रानडासँग बार्सिलोना २–० ले पराजित भएको हो ।

ग्रानडाको जितमा रामन अजिज र अल्भरो भाडिलोले गोल गरे । ला लिगाको ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको थियो ।

खेलको दोस्रो मिनेटमा अजेजले गोल गर्दै ग्रानडालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा भाडिलोले गोल गर्दै ग्रानडालाई सहज जित दिलाए । जितसँगै ग्रानडा पाँच खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित बार्सिलोना भने पाँच खेलबाट ७ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्