Logo

साफ यू–१८: घरेलु मैदानमा नेपालको लज्जास्पद हार



Spread the love

५ असोज, काठमाडौं । जारी यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानसँग लजास्पद हार ब्यहोरेको छ । आज भएको अन्तिम खेलमा नेपाल भुटानसँग ३–० ले पराजित भएको हो ।

हारसँगै नेपालको अब सेमिफाइनलमा पुग्ने झिनो आस मात्र बाकी रहेको छ। विजयी भुटानले भने अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । ३७ औं मिनेटमा भुटानका लागि येशि दोर्जीले गोल गरे । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै येशिले दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।

दोस्रो हाफको ८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमार्फत गोल गर्दै भुटानलाई २-० ले अग्रता दिलाए । विशाल बस्नेतले केजाङलाई लडाएपछि प्राप्त पेनाल्टीमा केजाङले नै गोल गरे । ९० नै मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३-० को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्