Logo

असोज ७ गते मंगलबारको राशिफल, कसको भाग्य कस्तो हेर्नुहोस्



Spread the love

 

आज मिति २०७६ साल असोज ७ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईको दिन शुभ रहाेस् 

मेष राशी –  मेष राशि हुनेहरुको लागिपारिवारिक सद्भाव बढ्नेछ । आँटेको काम पुरा होला । महिला वर्ग बाट सहयोग मिल्नेछ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् ।

वृष राशी – माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाउन सकिएला । पुराना कामहरुबाट भनेभन्दा बढिनै आम्दानि हुनेछ ।हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ ।

मिथुन राशी –हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ ।

कर्कट राशी – टाढाका साथीभाइले काममा साथ दिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु क्षय होलान् । नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ ।

सिंह राशी – व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथीको आगमन हुनेछ । आज दिन सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ ।

कन्या राशी – बोलीको भरमा कार्य सम्पादन हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हात लाग्नेछ। विभिन्न कुराको किनमेल हुनेछ । रोमाञ्चक यात्रा होला । आजको समय बढी प्रेरणादायक रहनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् ।

तुला राशी – इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ ।

वृश्चिक राशी – व्यापार व्यवसायमा वाधा आउनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले सताउला ।मनमा दुविधा उत्पन्न हुनेछ ।

धनु राशी –आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । विद्याको सदुपयोग गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । विद्यार्थीले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् ।

कुम्भ राशी – कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर राशी – आजको दिन अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ।मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । ख्याल पुर्याउनपर्ने खालको पनि छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ ।

मीन राशी –  प्रेममा सफलता प्राप्त हुनेछ ।सामानहरू छुट्ने–हराउने सम्भावना छ । भौतिक सुखोन्नति हुने र सेवा सत्कार मिल्ने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोगले पनि आजको दिन रमाइलो बनाउने छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।

प्रतिक्रिया दिनुहोस्