Logo

मृत्यु भएको मानिस बारम्बार सपनामा आउनु कतै कालसर्प योगको लक्ष्यण त हैन ?



Spread the love

कालसर्प योग ज्योतिष शास्त्र अनुसार नराम्रो योग हो जसका कारण मानवले अरु असल योगहरुबाट पाउनु पर्ने राम्रा फलहरु पनि २५ प्रतिशतमात्र पाउने गर्छ। तपाईको कुण्डलीमा कालसर्प योग छ या छैन भन्ने थाहा कुण्डलीमा ग्रहको स्थिति हेरेर पत्ता लाग्दछ तर कहिँलेकाँही जन्म तिथि सहि नहुदा कुण्डली गलत हुन सक्छ यस्तो अवस्थामा कालसर्प योग छ या छैन भन्ने थाहा पाउँनको लागि केही विशेष लक्षणबाट पत्ता लगाउन सकिन्छ :

कालसर्पको लक्षण
कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ र आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ । मनुष्यलगायत सम्पूर्ण चराचर जगतको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणीलाई मृत्युका सम्मुख पुर्याउँछ ।

सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई अति नै कष्ट प्रदान गर्दछ अनि उसको जीवन स्वतः सङ्घर्षसँग गाँसिन पुग्छ ।

कालसर्प योगबाट पीडित व्यक्तिको सपनामा मृत्यु भएका मानिसहरु देख्ने गर्दछन् र प्राय: सपनामा देखिने व्यक्तिहरु आफ्नै परिवारका हुने गर्दछन् । यस योगबाट प्रभावित व्यक्तिको सपनामा आफ्नो घरको छायाँ देखिने, सपनामा नदी, ताल, पोखरी, समुन्द्र आदि देखिनु पनि कालसर्पको लक्षण हुन ।

कालसर्प योगको कारण

कालसर्प योग यस्तो व्यक्तिको कुण्डलीमा बन्दछ जसले पूर्व जन्ममा सर्प मारेको या कुनै असाहय जीवलाई धेरै पिडा दिएर त्यसको मृत्यु भएको हुन्छ । यस बाहेक यो पनि मानिन्छ कि जव व्यक्तिको प्रवल इच्छा अधुरो रहन्छ र आफ्नो इच्छालाई पुरा गर्नको लागी पुनर्जन्म लिन्छ भने त्यस्तो व्यक्तिको पनि कालसर्प योग भोग्नु पर्दछ ।

कालसर्प योगबाट बच्ने उपाय

शास्त्रमा बताएको उपाय अनुसार प्रतिदिन पंचाक्षरी मन्त्र “ॐ नम शिवाय ” अथवा महामृत्युञ्जय मन्त्र १०८ जप गर्नु पर्दछ । धातुबाट बनेको १०८ नाग/नागीनको जोडी बगेको पानीमा प्रवाहित गर्नुपर्दछ र सोमवारको दिन विद्वान पंण्डीतबाट रुद्राभिषेक गर्नु पर्दछ, कालसर्प गायत्री मन्त्रको जप गर्नु पर्दछ यि उपाय गर्नाले कालसर्प योगको अनिष्टकारी प्रभावमा कमी हुनेछ र यसको कारणबाट भविष्यमा आउने अवरोधको सामना गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्