Logo

साँझपख झुक्किएर पनि नगर्नुहोस् यस्ता कार्यहरु



Spread the love

धार्मिक मूल्य मान्यता अनुसार हामीले साँझको समय अर्थात् जब सूर्यास्त हुन्छ तब कुनै विशेष काम गर्नु हुँदैन । सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने धन नोक्सानीको समस्या व्यहोर्नु पर्छ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन् । यस्ता कामहरु साँझपख गर्नु हुन्न:

भोजन गर्नु
सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ ।

सहवास गर्नु

साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्पर्क) राख्नु हुँदैन ।

साँझपख सुत्नु

सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नु

साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ । धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन । 

प्रतिक्रिया दिनुहोस्