Logo

‘छक्का पन्जा २’ को दोस्रो गीत सार्वजनिक(भिडियो)



Spread the love

बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत रिलिज भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो।सार्वजनिक म त यता किनारमा (झ्याम्म झ्याम्म) बोलको गीतमा किरण कंडेलको संगीत रहेको छ भने हरिवश आचार्य र आस्था राउतले स्वर दिएका छन्।पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा दिपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङले नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन्।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले संयुक्त रुपमा लेखेका हुन्। दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा दीपकराज, जीतु नेपाल, माग्ने बुढा, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ।हाईलाईट्सनेपालले सार्वजनिक गरेको उक्त गीतमा अल्मोडा राना उप्रेतीको म्युजिक अरेन्जमेन्ट रहेको छ। पछिलो पटक सार्वजनिक गरिएको गीत नाईलन को साडीमा बोलको गीतले चर्चा पाउनुका साथै विवादमा पनि मुछिएको थियो ।

हास्यकलाकार दिपा श्री निरौलाले पछिल्लो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा२’ गतबर्षको ब्लकबस्टर चलचित्र छक्का पन्जाको सिक्वेल हो ।फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् ।  दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ।

हेर्नुहोस्  भिडियो :

https://youtu.be/jVuVAohryts

प्रतिक्रिया दिनुहोस्