Logo

त्रिकोणात्मक सिरिजको लागि आज नेपाली क्रिकेट टोली सिङ्गापुर जाँदै



Spread the love

८ असोज, काठमाडौं । सिंगापुरमा हुने त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्नेछ। असोज १० देखी १६ सम्म नेपाल, जिम्बाबे र सिंगापुरबीच त्रिकोणात्मक सिरिज हुनेछ । आज नेपाली राष्ट्रिय क्रिकेट टोली राती सवा १० बजे सिंगापुरतर्फ लाग्ने छ । तर, नेपाली टोलीको औपचारिक बिदाई कार्यक्रम भने हुने छैन ।

नेपाली टोली सिंगापुरबाटै ओमानतर्फ प्रस्थान गर्नेछ । ओमानमा पाँच राष्ट्र सम्मिलित टि२० सिरिज असोज १८ देखी २३ सम्म चल्ने छ । त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने पनि भोली विहानसम्म वेस्ट इन्डिजबाट सिंगापुर पुग्ने छन् । सन्दीपले क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस ट्राईडेन्सबाट ६ खेल्दै ८ विकेट हात पारेका थिए ।

नेपालको १५ सदस्यीय टोली :
पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), कुशल मल्ल, इशान पाण्डे, सोमपाल कामी, सन्दीप लामछाने, करण केसी, ललित नारायण राजवंशी , आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी , पवन सरार्फ , अभिनाश बोहोरा, रोहित कुमार पौडेल, सुशन भारी

प्रतिक्रिया दिनुहोस्