Logo

तौल घटाउन चाहनुहुन्छ भने भुतको फिल्म हेरौँ



Spread the love

धरै जसो मानिसहरु भुतको फिल्म हेर्दा डराउने गर्दछन् । तर, भुतको फिल्म हेरेर मात्र पनि शरीरको अनावश्यक तौलसमेत घटाउन सकिन्छ । सुन्दा अचम्म लाग्ला तर, भुतको तथा डरलाग्दो फिल्म हेर्दा मात्र पनि शरीर स्वास्थ्य हुने विभिन्न अध्यनहरुले पुष्टि भइसकेको छ ।

रातमा एक्लै भुतको फिल्म हेर्दा तनाव तथा चिन्ता घट्ने हुन्छ । त्यस्तै, मोटोपन अथवा शरीरको अनावश्यक तौल घटाउनका लागि भूतको डरलाग्दो फिल्म हेर्नु राम्रो मानिन्छ । एक अध्ययनका अनुसार प्रत्येक राति भुतको डरलाग्दो फिल्म हेर्ने मानिसको क्यालोरी कम हुने र शरीरको तौल घटाउन सहयोग हुन्छ ।

अझ भुतको फिल्म हेरेर अचानक डराउने सिन आउदा मुटुको चाल छिटो हुन गइ रक्तचाप समेत घट्नुका साथै मनोवैज्ञानिक सहायता पनि पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्