Logo

प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु



Spread the love

 

१० असोज, काठमाडाैँ – मदन भण्डारी स्पोर्टस् एकेडेमी मध्यपुरथिमिले आजदेखि ३ नं प्रदेशस्तरीय मदन भण्डारी मेमोरियल रापिङरेपिङ बुद्धिचाल प्रतियोगिता शुरु गरेको छ ।

मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा आयोजना गरिएको प्रतियोगिताको आज उद्घाटन समारोहमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले देशलाई समृद्ध बनाउन खेलको विकास जरुरी रहेको बताए । उनले युवावर्गलाई खेलमा लगाउन यस वर्षदेखि नगरपालिकाले खेल विकासका लागि रु ५० लाख बजेट छुट्याएको जानकारी दिए ।

कार्यक्रममा एकेडेमीका केन्द्रीय महासचिव वचन देउजा, केन्द्रीय सचिव धर्म लामा, एकेडेमीका मध्यपुरथिमि अध्यक्ष सिद्धिकृष्ण श्रेष्ठ, सचिव शिव श्रेष्ठलगायतले बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने गरी खेलाडी उत्पादन गर्न सरकारले लगानी गर्नुपर्ने बताए ।

प्रतियोगितामा ११ जिल्लाका ८० खेलाडीको सहभागिता रहेको जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष निरञ्जन प्रजापतिले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रो हुनेलाई रु १५ हजार, तेस्रो हुनेलाई रु १० हजार, चौथो हुनेलाई रु सात हजार, पाँचौँ हुनेलाई रु पाँच हजार नगदसहित मेडल, प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्