Logo

ला लिगामा बार्सिलोनालाई फेरी अर्को चोटको समस्या



Spread the love

११ असोज, काठमाडौं । स्पेनिस ला लिगामा खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई पुन:अर्को चोटले पिरोलेको छ । कप्तान लिओनेल मेस्सीपश्चात अब युवा फरवार्ड अन्सु फाती पनि घाइते भएका छन् ।

फातीले पनि गेटाफेविरुद्धको खेल गुमाउने भएका हुन् । क्लबले दिएको जानकारी अनुसार फातीको दायाँ घुँडामा समस्या देखिएको छ । उनको प्याटलर टेन्डनमा दुखाइ बढेपछि उनलाई विश्राम दिइएको हो ।

फातीसँगै कप्तान मेस्सीको पनि गेटाफेविरुद्ध खेलमा उपस्थिति रहने छैनन् । उनी मंगलबार भिल्लारियलविरुद्ध खेलमा चोट बोकेपश्चात हाफ टाइममै बाहिरिएका थिए । उनको ग्रोइनमा समस्या रहेको र कम्तिमा ३ खेल गुमाउने पक्का भएको छ । मेस्सी र फातीसँगै डिफेन्डरद्वय स्यामुएल उम्टिटी र जोर्डी अल्बा फिट छैनन् ।

प्रतिक्रिया दिनुहोस्