Logo

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित



Spread the love

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । शनिबार भएको चुनावमा विनयराज पाण्डेलाई पराजित गर्दै चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा चन्द समूहकै राजुबाबु श्रेष्ठले मिङ्मा डन्डु शेर्पालाई हराउदै उपाध्यक्षमा निर्वाचित भएका छन् ।

४० मत गणना सकिँदा उनले जितका लागि चाहिने ३० मत पाएका छन् । पाण्डेले भने मात्र १० भोट पाएका छन् । याे निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएकाे प्रतिबन्ध हट्ने विश्वास गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्