Logo

मैत्रीपूर्ण फुटबलमा पत्रकार टोली विजयी



Spread the love

१२ असोज, बाँके – बाँकेका महिला पत्रकार र महिला उद्यमीबीच आज खजुरागाउँपालिकाको गौघाटगाउँ योगीनी माविमा भएको मैत्रीपूर्ण फुटबलमा महिला पत्रकारको टोली विजयी भएको छ । महिला पत्रकारको टोलीले महिला उद्यमीको टोलीलाई ३–२ गोलले पराजित गरेको हो ।

‘सहयोगी आवाज नेपाल’ले आयोजना गरेको योगिनी कप फुटबल प्रतियोगिता खजुरा गाउँपालिका–२ स्थित योगिनी माविमा सञ्चालन भइरहेको छ । युवा पुस्तालाई फुटबलप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई रु ५० हजार, दोस्रोलाई रु २५ हजार, तेस्रोलाई रु १५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्