Logo

इटालियन सिरी ‘ए’ मा मिलानको लज्जास्पद हार



Spread the love

१३ असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान फियोरेन्टिनासँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति घरेलु मैदानमा फियोरेन्टिनासँग ३–१ को लज्जास्पद हार व्यहोरेको हो । यो हारसंगै मिलानले ८० वर्ष अघिको खराब नतिजालाई दोहराएको छ ।

सिरी ‘ए’ को सुरुवाती ६ खेलमा मिलानले ४ खेलमा पराजय व्यहोरि सक्दा दुई खेलमा मात्र जित निकालेको छ। लगातारको हारले प्रशिक्षक मार्काे जियामपाउलोमाथि दवाव बढेको छ । अबको खेलमा पराजित भए उनलाई क्लबले बखास्त गर्ने सम्भावना देखिएको छ ।

खेलको १४औं मिनेटमा इरिक पुल्गरको पेनाल्टी गोलमार्फत फियोरेन्टिना खेलमा अग्रता बनायो । ५५औं मिनेटमा घरेलु टोली मिलान १० खेलाडीमा समेटिदा समस्यामा परेको थियो । फ्रान्क रिवेरीमाथि फल गरेका मिलानका माटियो पाब्लो मुसाकचियोलाई रेफ्रीले रातो कार्ड देखाउदै मैदान बाहिर पाठाएका थिए ।

त्यसको भरपुर फाइदा फियोरेन्टिनाले उठायो । ६६औं मिनेटमा गेइटानो क्यास्ट्रोभिल्लीले गोल गर्दै फियोरेन्टिनाको अग्रता दोब्बर गरे । ७८औं मिनेटमा रिवेरीले गोल गर्दै टोलीको जित पक्का गरे । ८०औं मिनेटमा राफयल लियोले गोल गरेपनि मिलान खेलमा फर्कन भने सकेन र ३–१ ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्