Logo

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा



Spread the love

१३ असोज, काठमाडौं । नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार एकै दिनमा ३० रुपैयाँ सम्मको मूल्य बढेको हो ।

सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिन १०५ रुपैयाँ मात्र थियो । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको छ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएपश्चात नेपाली बजारको माग घरेलु उत्पादनले नधान्ने हुँदा विकल्प स्वरुप चिनियाँ प्याज आउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्