Logo

स्वारेजको दुई गोलमा बार्सिलोना विजयी



Spread the love

१६ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ। बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाइ जित दिलाउने क्रममा लुइस स्वारेजले दुई गोल गरे । इन्टर मिलानको लागि लउटारो मार्टिनेजले गोल गरे । खेलको दोस्रो मिनेटमा नै मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका थिए ।

स्वारेजले ५८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८४औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले अर्को गोल थपेसंगै बार्सिलोना २–१ गोलअन्तरले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्