Logo

फिल्म ‘रानी’ टिजर सार्वजनिक (भिडियो)



Spread the love

फिल्म  ‘रानी’ को टिजर सार्वजनिक भएको छ। दयाराम दहाल निर्देशित फिल्मको मंगलबार युट्युब मार्फत टिजर सार्वजनिक गरिएको हो। टिजरमा माया, रोमान्स, विछोडलाई देखाइएको छ। टिजरमा मलिना जोशी, सरुक तम्रकार, मनिस सुन्दर श्रेष्ठ फिचरिङ छन्। टिजरको अन्त्यमा देखिने अनुपविक्रम शाही प्रहरीको भोषमा देखिएका छन्।


भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । यस फिल्मलाई पुरुषोत्तम प्रधान , सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । फिल्ममा विजय घिमिरेको संगीत , अर्जुन जिसीको सम्पादन रहेको छ । बिमल मान गुभाजुको निर्माण रहेको यो फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ ।

हेर्नुहोस् टिजर:

https://youtu.be/23iz0oi1kHk

प्रतिक्रिया दिनुहोस्